विराटनगर । साफ च्याम्पियनशीपको उपाधिका लागि नेपाल पुनः अभागी सावित भएको छ । यसपटक धेरै अर्थमा नेपाल उपाधिको हकदार देखिए पनि चार पटकको विजेता भारतले पाँचौ पटक पनि उपाधिमाथि कब्जा जमाएको छ ।
विराटनगरमा शुक्रबार सम्पन्न साफ च्याम्पियनशीपको पाँचौ संस्करणको फाइनल खेलमा नेपालले सुरुवातदेखि नै दबाब कायम गरेको थियो । भारतको यही टोलीलाई हिरो कपमा उसैको मैदानमा हराएर मनोबल उच्च बनाएको नेपाली टोलीका लागि धेरै पक्ष ‘फेभर’मा थियो । तर भारतले उस्को मैदान प्रभूत्वलाई कायम राख्दै नेपालको भूमिबाट पनि उपाधि उठाएर लगेको छ ।
नेपालका लागि आज आशा गरिएका धेरै खेलाडीहरुले पनि न्यायपूर्ण भूमिका खेल्न सकेनन । विशेषत दोस्रो गोल खाए पछि नेपालको खेल फितलो जस्तो देखिएको थियो ।

यद्धपि नेपालले खेलमा भने निरन्तर दबाबमा कायम गर्न सफल भएको थियो । उपाधि जित्ने आशाका साथ खेल हेर्न शहीद रंगशाला विराटनगर पुगेका फुटबल प्रेमीहरु भारतसंग ३(१ ले पराजित भएपछि निराश बनेर फर्केका थिए ।

नेपालको लागि सबैभन्दा बढी आश गरिएकी सावित्रा भण्डारी साम्बालाई भारतीय डिफेण्डरहरुले निरन्तर निगरानीमा राख्दा उनी चलेर खेल्न समेत सकिनन् । उनी निगरानीमा पर्दा अन्य खेलाडीले लिनु पर्ने फाइदा पनि अन्यले उठाउन नसक्नु नेपालको दुर्भाग्य सावित भएको थियो ।

निरन्तर दबाबमा खेलेको भारतले पाएको मौकाका सदुपयोग गर्न सक्नु नै उस्को लागि जितको आधार बन्यो । खेलको ७५ औ मिनेटमा अञ्जु तामाङले कुनै गल्ती नगरी जाली चुमाउँदा भारतले अग्रतालाइै ढुक्कको स्थितिमा पु¥याउन सफल भएको थियो । यस अघि खेलको ६२ औं मिनेटमा ग्रिस डुंगमीको एकल प्रयासको राम्रो गोलमा भारतले अग्रता लिन सफल भएको हो । नेपाली डिफेन्सहरुको गल्ती र गलत समन्वयको फाइदा उठाउँदै डुंगमीले गोल गर्न सफल भएकी थिइन ।

खेलको ८१ औं मिनेटमा सावित्रा भण्डारीले गरेको राम्रो मेहनत असफल भएको थियो । यस अघि मध्यान्तरसम्मको खेल १(१ को बराबरीमा टुंगिएको थियो । खेलको ४३ औ मिनेटमा सावित्रा भण्डारी साम्बाले स्वर्ण अवसरमा गरेको राम्रो प्रयास असफल हुँदा नेपालले राम्रो मौका गुमाएको थियो । उनको प्रहारलाई भारतीय गोलरक्षकले मुश्किलले दुई पटकको प्रयासमा असफल बनाएकी थिइन ।

यस अघि डालिमा छिप्परको गोलबाट भारतले अग्रता लिएको थियो । छिप्परले खेलको २६ औ मिनेटमा पाएको फ्रिकिकलाई आकर्षक ढंगले सोझै गोलमा परिणत गरेकी थिइन । तर सावित्रा भण्डारीले खेलको ३२ औं मिनेटमा हेड मार्फत गोल गर्दै खेललाई बराबरीमा पु¥याएकी थिइन ।

महिला फुटबलको विश्व वरियतामा ६२ औं स्थानमा रहेको भारत र १०८ औं स्थानमा रहेको नेपालका लागि यसपटक उपाधि हत्याएर वरियता क्रम सुधार्ने राम्रो मौका समेत रहेको थियो ।

प्रतिकृया

प्रतिकृया