खेलमा विशेषगरी क्रिकेटले नेपाल र भारतलाई एउटै धागोले उनेको मालाको रुपमा यी दुई मुलुकको व्याख्या शुरुवात हुन थालेको हो । हुनतः भारतलाई यसबेला दुई घटनाबाट दशैं नै लागेको छ । आसन्न लोकसभा निर्वाचन र आईपीएल । जति चर्चा निर्वाचन केन्द्रीत गतिविधिको छ । त्यो भन्दा कयौं गुणा ठूला चर्चा ईण्डीयन प्रिमियर लिग (आईपीएल) को पनि छ ।


हेड्लाईन सम्वाददाता
चैत्र १०, काठमाण्डौ– नेपाल र भारतका बीचमा परम्परागत साँस्कृतिक, भौगोलिक, सामरिक तथा भूराजनीतिसँग जोडेर मात्रै सम्बन्धको चर्चा हुँदै आएको भएतापनि पछिल्लो विकसित अवस्थामा नेपाल र भारतबीच खेलकुदको सम्बन्धले समेत चर्चा पाउन थालेको छ ।
 
खेलमा विशेषगरी क्रिकेटले नेपाल र भारतलाई एउटै धागोले उनेको मालाको रुपमा यी दुई मुलुकको व्याख्या शुरुवात हुन थालेको हो । हुनतः भारतलाई यसबेला दुई घटनाबाट दशैं नै लागेको छ । आसन्न लोकसभा निर्वाचन र आईपीएलले ।
 
जति चर्चा निर्वाचन केन्द्रीत गतिविधिको छ । त्यो भन्दा कयौं गुणा ठूला चर्चा इन्डियन प्रिमियर लिग (आईपीएल)को पनि छ ।
 
आईपीएलमा खेल्न आठ टीम र यिनमा आवद्ध क्रिकेटरहरुको प्रशंसा अनि चर्चाले आम सञ्चारमाध्यम, सामाजिक सञ्जालदेखि सार्वजनिक सम्वादसम्म ठाउँ पाएको छ । यो आईपीएलको ज्वरोले नेपाली समाजलाई पनि जबरजस्त तानेको छ । यसको कारण भने भारतसँगको खेलीय सम्बन्धले नै हो ।
 
नेपाली राष्ट्रिय टीमका स्टार क्रिकेटर सन्दीप लामिछानेले पनि आईपीएल खेल्दैछन् । यसर्थ नेपाली क्रिकेट समर्थकलाई आईपीएल बलियोगरी लाग्ने नै भयो । यो स्वभाविकै पनि हो । तर यसपटक सन्दीप आवद्ध टीम दिल्ली क्यापिटलको नजर र विश्वास पनि सन्दीपसँगै देखिएको छ ।
 
उसले आफ्नो उद्घाटन खेलको प्रसङ्गमा हरेक पटक सन्दीपलाई प्रस्तुत गरेका छन् । जस्तो– आइतबार दिल्ली क्यापिटलले सन्दीपकै तस्वीर राखेर लगभग समय नजिकिएको सन्देश जारी गर्नु । यसबाहेक, दिल्लीले सन्दीपबारे अनेक अनुमान पनि गरेका छन् । ट्वीटरमै लेखेका छन्– के सन्दीपले यो सिरिजमा सबैभन्दा बढी विकेट लिन्छ होला ?
 
विश्वका सबैजसो टी–ट्वान्टी खेलेका सन्दीप आईपीएलको अघिल्लो सिजनमा दिल्लीबाटै खेलेका थिए । यसपछि हरेकजसो खेलमा सन्दीप आबद्ध भए । यसको कारण भने अघिल्लो वर्षको आईपीएलको अन्तिम तीन खेलमा सन्दीपले पाँच विकेट लिनु नै हो । यसर्थ, यसपटक सन्दीपले सबै खेल खेल्न पाउने अनुमान समेत गरिएको छ ।

प्रतिकृया

प्रतिकृया