हेड्लाईन सम्वाददाता
चैत्र ०९, काठमाण्डौ– आईएमएस लिटिल स्माइल्स्ले आफ्नो नयाँ शोरुम कमलपोखरीस्थित सिटी सेन्टरमा शुभारम्भ गरेको छ । साना बाल बच्चाको स्वास्थ र स्याहर सुसारसम्बन्धी विभिन्न ब्राण्डका उत्पादन गर्दै आएको आईएमएसले नयाँ सोरुप खोलेको हो ।

नयाँ शोरुममा डक्टर ब्राउन्स्, क्रेन, हिमालय बेबी केयर र डिजेआईजस्ता विश्वप्रसिद्ध ब्राण्डका उत्पादनहरु पाईने कम्पनीले जनाएको छ । यी ब्राण्डका उत्पादनहरु जस्तै साबुन, मसाज तेल, पाउडर, स्याम्पु, एयर प्युरीफाएर, क्रिम, ड्रोन, प्यासिफियर, बोतल, तुथब्रस, कप्स र टीथरको प्रयोगले ससाना बाल बच्चाहरुलाई विभिन्न स्वास्थ्यसम्बन्धी समस्याहरुबाटा टाढा राख्न सकिने कम्पनीले जनाएको छ ।

आईएमएस लिटिल स्माइल्स्ले नेपालमा बिक्रि वितरण गर्ने उत्पादनहरु सम्पूर्ण नेपाली उपभोक्ताको दैनिक जीवनलाई सरल सहज र गुणस्तरीय बनाउन केन्द्रीत रहेको आईएमएस गु्रपका प्रमुख कार्यकारी अधिकृत दिकेश मलहोत्रा बताए ।

‘यसै परिप्रेक्षमा सिटी सेन्टरमा बाल बच्चाको स्याहार–सुसार सम्बन्धित ब्राण्डहरुको बिक्रि गर्न नयाँ शोरुम खोलिएको’ बताए ।

प्रतिकृया

प्रतिकृया