भारतको दक्षिणी क्षेत्रमा एक किशोरले पबजी खेलका कारण आत्महत्या गरेका छन् । पबजीकाे लत लागेका ती किशोरलाई पबजी नखेल्न भन्दै उनकी आमाले गाली गरेकी थिइन् । आमाको गालीपछि ती किशोरले आत्महत्या गरेको खबर भारतीय सञ्चारमाध्यमले प्रकाशित गरेका छन् । किशोरको आत्महत्यासँगै पबजी खेललाई प्रतिबन्ध लगाउनेबारे राष्ट्रिय बहस चलेको छ ।

१६ वर्षीय किशोरका बाबुले प्लेयर अननोन्स ब्याटल ग्राउण्ड्स (पबजी) प्रतिबन्ध लगाउन माग गरेका छन् ।  भारतीय सञ्चारमाध्यमले जनाएअनुसार मृतक किशोरले अङ्ग्रेजी परीक्षाको तयारी गर्न छोडेर पबजी खेलेर समय बर्बाद गरिरहेका थिए र उनकी आमाले गाली गरेकी थिइन् । आमाले गाली गरेपछि ती किशोरले हैदराबादमा रहेकाे आफ्नै घरमा रहेको ‘सिलिङ फ्यान’मा झुण्डेर आत्महत्या गरेका हुन् ।

अधिकांश भारतीय अभिभावकहरु आफ्नो सन्ततिको भविष्यलाई लिएर निकै चिन्तित हुन्छन् । उनीहरु आफ्ना सन्ततिको शिक्षासम्बन्धी क्षेत्रमा ध्यान केन्द्रित गर्न वयस्कमा पनि उनीहरुकै साथ रहने गर्दछन् ।

पबजीलाई प्रतिबन्ध लगाउनपर्छ भनेर समर्थन गर्नेहरु यो एक घातक खेल भएको स्वीकार्छन् । गएको मार्चमा महाराष्ट्र राज्यको रेलको लिक छेउमा बसेर पब्जी खेल्दै गर्दा विपरीत दिशाबाट आएको ट्रेनले धक्का दिँदा दुई पुरुषले ज्यान गुमाएको भारतको समाचार संस्था प्रेस ट्रस्ट अफ इण्डियाले बताएको छ ।

प्रतिकृया

प्रतिकृया