काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्ष २०७६ को अवसरमा देशबासीको नाममा सम्बोधन गर्दै गएको साल बेथिति र भ्रष्टाचार विरुद्धको अभियानको वर्ष रहेको बताएका छन् ।

उनले आफू नेतृत्वको सरकारले सुशासनका लागि चालेका कदमले नतिजा दिन थालेको दाबीसमेत गरे ।

नयाँ वर्ष २०७६ को अवसरमा देशबासीलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले घरजग्गा कारोबार, नक्कली भ्याट बिल प्रकरण, संगठित तस्करीलगायतका अनुचित कामको छानबिन भइरहेको जानकारी दिए । उनले जालझेल गरी कब्जा गरिएका सरकारी जग्गा धमाधम फिर्ता गर्न लागिएको पनि बताए ।

प्रतिकृया

प्रतिकृया