काठमाडौं । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेश थपलियाले तीन महिनाभित्र उपचुनाव गर्ने प्रतिवद्धता जनाएका छन् ।

बुधबार संसदीय सुनुवाई विशेष समितिमा उपस्थित थपलियाले आफू नियुक्त भए उपचुनाव प्राथमिकतामा पर्ने बताए । संघीय संसद, प्रदेशका साथै स्थानीय तहका रिक्त पदहरमा समेत उपचुनाव हुन सकेको छैन ।

थपलियाले स्थानीय तहसम्म निर्वाचन आयोगलाई पुर्‍याउने कार्ययोजना समेत पेश गरेका छन् ।

उनले निर्वाचन कम खर्चिलो बनाउने, सूचना प्रविधिमैत्री बनाउने, विद्युतीय मतदानको व्यवस्था मिलाउने लगायतको प्रतिवद्धता पनि जनाएका छन् ।

प्रतिकृया

प्रतिकृया