३० भन्दा बढी गीत गाइसकेका गायक यस्ताे हालतमा भेटिए । मानाै उनि काेहि हाेइनन एउटा अटाे ड्राइभर बाहेक । तर उनि त गीत संगितकाे साधनामा सक्रिय रहेका एक गायक रहेछन । बारा जिल्लाकाे सुवर्ण गाउँपालीका ४ हर्दिया घर भएका रन्जन राम भाेजपुरी गायक पाे रहेछन । हर्दियाबाट कलैयासम्म प्राय उनको अटो चलिरहन्छ । अटो चलाउदै गीत गुनगुनाई रहन्छन रंजन । दलित बस्तिमा उनको सानो घर थियो त्यो पनि केहि महिना अगाडी आएको हावा हरुले उडाएर लग्यो । अहिले उनको १२ जनाको परिवार त्रिपालमा बस्छ ।

आर्थिक अवास्त्र्हा निकै कमजोर भएकै कारण रंजनले इच्छा हुँदा हुँदै पनि गीत रेकर्ड गराउन सकेनन । एकातिर गीत संगितकाे माेह बढ्दै गयाे अर्काे तर्फ उनिमाथी पारिवारिक जिम्मेवारी पनि बढिरह्याे । र त रन्नजन १८ बर्षकै कलिलाे उमेरमा देशकाे माटाे छाेडेर मलेसिया तर लागे । ४ बर्ष मलेसिया बसेर फर्किएका रन्जनलाइ गीत संगितकाे माेहले भने कहिल्यै छाेडेन र त केही पैसा कमाएर नेपाल फर्किने बित्तिकै उनले पहिलाे गित रेकर्ड गराए ।

हालसम्म ३० बढस् गीत गाइसकेका उनले गीत रेकर्ड गराउन मै लाखाै पैसा खर्च गरिसके । तर दुखद कुरा भन्नु पर्छ आजसम्म उनले गीत गएर एक पैसा पनि कमाएका छैनन । दिनभरी अटो कुदाएर कमाएको पैसाले आफ्नो परिवार धानिरहेका रंजन बचेको केहि पैसा जम्मा गर्दै गीत रेकर्ड गराईहाल्छन । आजसम्म भोजपुरी गीत मात्रा गएका उनले चाडै नेपाली गीत गाउने समेत बताएका छन् । नेपाली गीत गाएर देश विदेशमा बस्ने तमाम नेपालीको माया पाउने रहर उनलाई धेरैनै छ । हेरौ यो भिडियो

प्रतिकृया

प्रतिकृया