काठमाडौं ।

विनाशकारी भूकम्पपछि पुनर्निर्माणमा भारतले नेपालका विभिन्न क्षेत्रमा सहयोग गर्दै आएको छ । ७ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको ६ घण्टामै भारतबाट भारतीय राष्ट्रिय विपद प्रतिक्रिया बल (एनडीडीआरएफ), भारतीय वायु सेना र भारतीय सेना मेडिकल कर्प्स जुन नेपाल आइपुगेको थियो । टोलीले भारतबाट सँगै ५ सय ७१ टन राहत सामग्री समेत साथमा ल्याएको थियो । उद्धार उपकरण, चिकित्सक, खाद्यान्न, पानी, कम्बल सहित टोली नेपाल आएको थियो । नेपालका विभिन्न स्थानमा मेडिकल टोलीहरु समेत तैनाथ गरिएका थिए ।

काठमाडौं उपत्यकाका विभिन्न तीन स्थानमा विजुलीका शवस्टेशनहरु पुर्ननिर्माण गर्न सहयोृग गरेको भारतले त्यही समयमा लगभग ६७ मिलियन अमेरिकी डलर बराबरको सहयोग गरेको थियो ।

भारतले भूकम्पपछि विद्यालय, स्वास्थ्य संस्था, नीति अवास निर्माणमा पनि सहयोग गर्दै आएको छ । विभिन्न सांस्कृतिक क्षेत्रमा पनि सहयोग गरिरहेको भारतले ५० हजार निजि घरहरुका लागि गोरखा र नुवाकोटमा ७० विद्यालयहरु र २ पुस्तकालयहरु त्यसैगरि १ सय ५७ स्वास्थ्य संस्था र नवपारसि लगायत १३ जिल्लाका विभिन्न २८ सांस्कृतिक सम्पदा पुर्ननिर्माणमा पनि सहयोग ग¥यो ।

प्रतिकृया

प्रतिकृया