भूकम्पले भत्किएको ऐतिहासिक तथा पुरातात्विक महत्वको धरहराको पुनःनिर्माणमा स्थानीयले अवरोध सिर्जना गरेका छन् ।

धरहरा निर्माणका क्रममा बन्द गरिएको पैदल माग खुलाउनुपर्ने माग अझै पनि पूरा नभएको भन्दै शुक्रबार स्थानीयले निर्माण कार्यमा अवरोध सिर्जना गरेका हुन् ।

धरहरा–सुन्धारा क्षेत्रका स्थानीय र व्यापारीले शुक्रबार विहान अवरोध गरेपछि पुनःनिर्माणको काम तत्काललाई स्थगित भएको धरहरा पुनःनिर्माण परियोजनाका व्यवस्थपक श्यामचन्द्र श्रेष्ठले जानकारी दिए ।

धरहरको पुनःनिर्माणअन्तर्गत हालसम्म करिब १३ प्रतिशत काम सकिएको जनाइएको छ । तीव्र गतिमा पुनःनिर्माणको काम भइरहेको भनिएको अवस्थामा शुक्रबार स्थानीयको विरोध पनि निर्माण कार्य अवरुद्ध भएको छ ।

धरहराको पुनःनिर्माण शुरु भएयता विगत ६ महिनादेखि नै स्थानीय र व्यापारीहरुले आफूहरुको आवतजावतका लागि निर्माण क्षेत्रमा पर्ने पैदल मार्ग खुलाइनुपर्ने माग राख्दै आएका छन् ।

धरहराको पुनःनिर्माणका क्रममा ऐतिहासिक सम्पदा सुन्धाराको पनि उचित संरक्षण गरिनुपर्ने स्थानीयको माग छ ।

प्रतिकृया

प्रतिकृया