काठमाडौं ।

नेत्र विक्रम चन्द विप्लव समूहले राजधानीमा बम आतंक मच्चाएका छ । आइतबार राजधानीका विभिन्न तीन स्थानमा भएका विस्फोटमा ४ जनाको मृत्यु भएको छ । भने ८ जना घाइते भएका छन् ।

प्रहरीका अनुसार सुकेधारा, घट्टेकुलो र चन्द्रगिरीमा भएको बम विस्फोटमा चार जनाको मृत्यु भएको हो । सुकेघारास्थित एक शैलुनमा भएको विस्फोटमा २ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । घट्टेकुलोस्थित एक घरको कोठामा भएको बिस्फोट एक जनाको मृत्यु भएको छ । भने १ जना घाइते भएका छन् ।

उता चन्द्रगिरीमा भएको विस्फोटमा २ जना घाइते भएका छन् ।

त्यस्तै ग्वार्को, लगनखेल लगायतका स्थानमा बम भेटिएको छ ।

प्रहरीले राजधानीको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

प्रतिकृया

प्रतिकृया