काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले १ अरब ६० करोड उपलब्ध गराएको छ। दोस्रो किस्ता वापत सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच अर्थमन्त्री डा युवराज खतिवडालाई नेपालका लागि भारतीय राजदूत मंजीवसिंह पुरीले सो रकम हस्तान्तरण गरेका हुन्।

यस अघि भारतले नेपालको भूकम्पपछिको पुनर्निर्माणका लागि पहिलो किस्तावापत २ अरब १० करोड रुपैयाँ उपलब्ध गराइसकेको छ ।
रकम हस्तान्तरणका क्रममा बोल्दै राजदुत सिंहले नेपालको भूकम्पपछिको पुनर्निर्माणको काममा सहकार्य गर्न पाएकोमा भारत सरकार खुसी भएको एवं नेपालको विकास, निर्माणको काममा भारत सरकारको सदा साथ रहने पनि प्रतिवद्धता व्यक्त गरे ।

२०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पले नेपालमा ठूलो धनजनको क्षति भएपछि भारतलगायतका देशहरुले त्यसको पुनर्निर्माणमा सघाउने समझदारी गरेका थिए ।

प्रतिकृया

प्रतिकृया