काठमाडौं । भूमिसुधार मन्त्री पद्ममा अर्यालले गुठी सम्बन्धी कानुन एकीकरण र संसोधन गर्न बनेको विधेयकको विषयमा धेरै सन्देह नगर्न आह्वान गर्नुभएको छ । सोमबार बसेको प्रतिनीधि सभाको बैठकमा मन्त्री अर्यालले गुठी सम्बन्धी विधेयक धर्म, संस्कृतिलाई प्रतिकुल पार्ने गरि नआएको भन्दै सन्देह नर्गन आह्वान गर्नुभएको हो ।

प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले धर्म, संस्कृति र परम्परालाई प्रतिकुल पार्ने गरि विधेयक ल्याइएको भन्दै विरोधमा भएको प्रर्दशनमा प्रहरी दमन भएको भन्दै सरकारको जवाफ माग गरेपछि मन्त्री अर्यालले हिजोको मर्म र भावनालाई प्रतिकुल पार्ने गरि विधेयक प्रस्तुत नभएको भन्दै विधेयकलाई गम्भीर रुपमा अध्ययन गर्न आग्रह गर्नुभयो ।
संविधानको एउटा धाराको व्याख्या मात्रै हेरेर, एउटा अनुसुची मात्रै हेरेर संविधानको प्रतिकुल हुन्छ कि अनुकुल हुन्छ भन्ने निष्कर्ष ननिस्कने भन्दै उहाँले भन्नुभयो, संविधानको धारा २ सय ९० अनुसार विधेयक आएको हो। संविधानलाई एकिकृत रुपमा बुझ्न जरुरी छ ।

संविधानले हिजो भन्दा आज झन् जिम्मेवार बनाएको भन्दै संविधानको धारा २ सय ९० गुठीको संरक्षण र गुठीको सम्वर्धनमा लाग्न आवश्यक रहेको भन्दै सरकारले त्यसलाई नै मार्ग बनाएर विधेयक ल्याउन लागेको बताउनु भयो ।

विधेयकमा गुठीमा जोडिएका किसानका हकहित, धर्म संस्कृतिलाई संरक्षण गर्ने विषयलाई प्रतिकुल पार्ने व्यवस्था नभएको भन्दै उहाँ विधेयकमा धेरै सन्देह नगर्न आग्रह गर्नुभएको हो ।

प्रतिकृया

प्रतिकृया