काठमाडौं । भारत सरकारले भूकम्पपछिको पुनर्निर्माणको लागि नेपाल सरकारलाई एक अर्ब ६० करोड रुपैयाँ हस्तान्तरण गरेको छ । सोमबार अर्थमन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री युवराज खतिवडालाई एक अर्ब ६० करोडको चेक हस्तान्तरण गरेका हुन् ।

उक्त रकम नुवाकोट र गोरखा जिल्लाका निजी आवास पुनर्निर्माणका लागि खर्च गरिने छ । यसअघि सन् २०१८ मा भारत सरकारले पुनर्निर्माणको लागि २ अर्ब १० करोड र ८० करोड सहयोग गरेको थियो ।

२० ७२ वैशाख १२ को भूकम्पपछि भएको अन्तर्रा्ष्ट्रिय सम्मेलनमा भारतले निजी आवास, अस्पताल, विद्यालय, ऐतिहासिक सम्पदा र अन्य भौतिक संरचनाको पुनर्निर्माण गर्न एक अर्ब अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेको थियो ।

प्रतिकृया

प्रतिकृया