काठमाडौं । सरोकारवालाहरुले विकसित राष्ट्रको कार्वन उत्सर्जनका कारण जलवायु परिवर्तनको असर बढेको बताएका छन् । काठमाडौंमा आजबाट सुरु भएको विपद् व्यवस्थापन, उर्जा र जलवायु परिवर्तनसम्बन्धी दक्षिण एसियाली सम्मेलनमा उनीहरुले यस्तो जिकिर गरेका हुन् ।
दुईदिनसम्म चल्ने सम्मेलनको उद्घाटन गर्दै गृहमन्त्री रामबहादुर थापाले जलवायु परिवर्तनको प्रतिकूल असरलाई रोक्न सबै दक्षिण एसियाली राष्ट्रहरुको सहकार्यमा जोड दिनुभयो । उहाँले बाढी, पहिरो, सुनामी जस्ता विपद् व्यवस्थापनका लागि पनि देशहरुबीच मिलेर अघि बढनुपर्ने बताउनुभयो ।
विपद्, उर्जा र जलवायु परिवर्तनका कारण उत्पन्न हुने जोखिम न्यूनीकरणका लागि स्थानीय तहलाई पनि आवश्यक जानकारी दिने उद्देश्यले सम्मेलन आयोजना गरिएको बताइएको छ । सम्मेलन राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, नगरपालिका महासंघ र गाउँपालिका महासंघको संयुक्त आयोजनामा गरिएको हो ।

प्रतिकृया

प्रतिकृया