पाल्पा । जिल्ला प्रहरी कार्यालय पाल्पाले ठूलो परिमाणमा अवैध गाँजाको बोट नष्ट गरेको छ । सदरमुकाम तानसेन नगर भित्रै व्यवसायिक गाँजाको खेति भइरहेको छ भन्ने सूचनाको आधार डिएसपी कृष्णराज सापकोटाको कमाण्डमा खाटिएको प्रहरी टोलीले गाँजाको बोट नष्ट गरेको हो ।
जिल्लालाई सुरक्षित र अपराधमुक्त बनाउने अभियान अनुरुप प्रहरीले थालेको अभियान अन्तर्गत प्रहरीले तानसेन २ बडिज्ञानटोलबाट स्थानीय उमेशवृज जङ्ग राणाको नाममा रहेको जग्गाबाट करिब ५ सय बढी गाँजाका बोट फडानी गरी नष्ट गरीएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । उक्त स्थानमा उम्रेको गाजा व्यवसायिक हो या प्राकृतिक रुपमा आफै उम्रेको भन्ने बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख एसपी विश्वमणि पोखरेलले जानकारी दिनुभयो ।
जिल्लालाई अपराधमुक्त बनाई शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालय पाल्पाले सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यस्ता कार्यक्रमलाई स्थानीयकै सहभागितामा सचेतनाका साथसाथै अगाडि बढाएको डिएसपी कृष्णराज सापकोटाले बताउनुभयो ।

समाजमा हुने साना साना कुरालाई ध्यानदिन नसक्दा ठूलो अपराध सिर्जना हुन सक्ने विषयलाई मध्य नजर गर्दै जिल्ला प्रहरी कार्यालय पाल्पाले समुदायकै समन्वय र साझेदारीमा सचेतनामुलक कार्याक्रम सञ्चालन गर्दै आएको छ ।

प्रतिकृया

प्रतिकृया