स्याङ्जा । सहरे खोला पुलको शिलान्यास गरी फर्कने क्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ सवार गाडी अर्जुन चौपारी–३, घट्टे दरौ खोलामा डुबेको छ । पुलको शिलान्यास गरेर फर्केको मन्त्रीको गाडी खोलामा पुल नभएकैले फसेको हो ।

बा २ झ ४०२९ नम्बरको गाडी खोलामा आधा डुबे पनि सुरक्षाकर्मीको सहयोगमा मन्त्री महासेठलाई बाहिर निकालिएको थियो । खोला तर्ने क्रममा गाडी डुबे पनि मन्त्री भने सकुशल रहनु भएको छ । त्यस्तै खोलामा डुबेको सवारी साधन क्रेनको सहयोगमा बाहिर निकालिएको छ ।

खोला बढेसँगै बिग्रिएको बाटोलाई मर्मत गरिएको थियो तर मन्त्रीका सवारी चालकलाई ग्रामीण सडकको बारेमा राम्रो जानकारी नहुँदा दुर्घटना हुन पुगेको बताइएको छ ।

प्रतिकृया

प्रतिकृया