काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले लोकसेवा आयोगले खुलाएको विज्ञमपन रद्द गर्नुपर्ने कारण नरहेको बताउनु भएको छ । मंगलबार काठमाडौंमा आयोजित एक साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पण्डितले राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन रद्द गर्ने गरको निर्णयको पुष्टि हुनुपर्ने बताउनु भएको हो ।
लोक सेवा आयोगले संवैधानिक, कानुनी र लोकसेवा आयोग ऐन, तथा त्यसको मूल्यमा आधारित रहेर विज्ञापन खुलाइएको भन्दै समितिले दिएको निर्देशनको कुनै औचित्य नभएको दाबी गर्नुभयो ।
सो विज्ञापन रद्द गर्न दिइएको निर्देशनको औचित्य पुष्टि गरेर देखाउन समितिलाई चुनौति समेत दिनुभएको छ ।

विज्ञापनका सम्बन्धमा उठका संवैधानिक प्रश्नको संर्वोच्च न्याय निरुपण गर्नेमा कुनै दुइमत नभएको भन्दै वित्तापन खारेज गर्नुपर्ने अवस्था नरहेको दाबी गर्नुभएको हो ।

प्रतिकृया

प्रतिकृया