भक्तपुर । भक्तपुर जिल्लाको जडिबुटी, मनहरा पुलदेखि साँगासम्मको अरनिको राजमार्गमा प्रति घण्टा ५० कि।मि।ले मात्र सवारी चलाउन पाउने नियम लागुभएको छ ।
महानगरीय प्रहरी परिसर भक्तपुरले बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै दुर्घटना न्यूनीकरण गर्ने उद्धश्यले सवारी गति निर्धारण गरेको जनाएको छ । अब प्रति घण्टा ५० कि।मी। भन्दा बढि गतिमा सवारी चलाइएको पाइएमा ती सवारीलाई कारवाही गरिने छ ।

यो नियम हिजैबाट लागु भएता पनि असार १ गतेदेखि सवारी ऐन अनुसार कारवाही हुने परिसरका सुचना अधिकृत प्रहरी निरिक्षक कृष्ण प्रसाद बिष्टले जानकारी दिनु भइकोछ ।

प्रतिकृया

प्रतिकृया