काठमाडौं । काठमाडौंको चावहिलस्थित ओम अस्पतालमा अप्रेसनका लागि ल्याइएका एक बिरामीको मृत्यु भएपछि स्थिती तनावग्रस्त बनेको छ । पित्तथैलीको पत्थरीको अप्रेसन गर्न आएकी सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिका १० की ५० वर्षीया रामप्यारी थापामगरको आन्द्रा काटिएर मृत्यु भएपछि अवस्था तनावग्रस्त बनेको हो । शुक्रबार उनको अप्रेसन भएको थियो ।
मृतकका आफन्तले अप्रेसनमा चिकित्सकले चरम लापरबाही गरेका कारण सानो आन्द्रा काटिएर बिरामीको मृत्यु भएको जनाएका छन् । अप्रेसन गर्दा सानो आन्द्रामा प्वाल पारेर सिलाइदिएको को सोही कारण मलद्वारबाट निस्कनुपर्ने फोहोर बाहिर निश्किन नसक्दा शरिरमा समस्या आएर बिरामीको मृत्यु भएको आरोप मृतकका बहिनी ज्वाइँ खड्गबहादुर श्रेष्ठको छ ।

लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पताल परिसरमा नाराबाजी गर्दै प्रदर्शन गरिरहेका छन् । उपचारमा लापरबाही नगरिएको तर अरू संक्रमणका कारण बिरामीको मृत्यु भएको निर्देशक डा केपी देवकोटाले जनाएका छन् ।

प्रतिकृया

प्रतिकृया