काठमाडौं । बाहुबलीफेम अभिनेता प्रभाषको मोस्ट अवेइटेड फिल्म ‘साहो’को टिजर हिन्दी, तमिल, र तेलेगु भाषामा रिलिज गरिएको छ । पावर प्याक्ड एक्शन फिल्म ‘साहो’मा प्रभाषको अपोजिटमा अभिनेत्री श्रद्धा कपूर छन् । १ मिनेट ३९ सेकेण्ड लामो सार्वजनिक टिजरमा फुल अन एक्शनको डोज रहरेको छ ।
मेकर्सले फिल्मका मुख्य कलाकारहरु सबैलाई टिजरमा अटाएको छ । प्रभाष र श्रद्धाको साथमा मन्दिरा बेदी, नील नितिन, ज्याकी श्रफ, चंकी पाण्डेलाई टिजरमा अटाइएको छ । यो फिल्म १५ अगष्टबाट दर्शकमाझ रिलिजमा आउँदैछ ।

बाहुलबी–२ पछि प्रभाषको रिलिज हुने ‘साहो’ पहिलो फिल्म हो । फिल्मलाई सुजितले निर्देशन गरेका हुन् । यो फिल्ममा प्रभाष मात्रै नभएर अभिनेत्री श्रद्धा पनि एक्शन अवतारमा देखिदैछन् ।

फिल्ममा श्रद्धाको भूमिका पावरफुल भएको बताइएको छ । बुधबार रिलिज गरिएको ‘साहो’को टिजरले दर्शकहरुको राम्रो साथ पाइरहेको छ ।

प्रतिकृया

प्रतिकृया