एजेन्सी । फिफा वरियतामा नेपाल ४ स्थान तल झर्दै १ सय ६५ औँ स्थानमा पुगेको छ । यसअघि नेपाल फिफा बरियताको १६१ औं स्थानमा थियो ।

केही दिन अघि नेपाल मलेशिया २(० ले पराजित भएको थियो । यो खेलपछि फिफाले आज सार्वजनीक गरेको वरियतामा नेपाल चार स्थान तल झरेको हो ।
वरियताक्रम अनुसार दक्षिण एशियाको मुलुकमध्ये भारत सबैभन्द अग्रस्थान १०१ औं स्थानमा रहेको छ । यो पोजिशन भारतको पहिलेकै स्थिती हो । त्यस्तैगरी थाइल्यान्ड पनि दुई स्थान खस्किँदा ११६ औं स्थानमा झरेको छ ।

त्यस्तैगरी अफगानिस्तान १ सय ४९, माल्दिभ्स १ सय ५१ औं स्थानमा यथावत छन् । यसैबीच बंगलादेशले बंगलादेश १ सय ८३ औं स्थानमा रहेको छ । यो गएको वरियता भन्दा ५ स्थान सुधार हो । भूटान १ सय ८६, श्रीलंका २ सय १, पाकिस्तान २ सय पाँचौ स्थानमा छन् । वरियताको पहिलो नम्बरमा बेल्जियम, दोस्रो स्थानमा फ्रान्स, तेस्रो स्थानमा ब्राजिल चौंथो स्थानमा इंग्ल्याण्ड र पाँचौ स्थानमा पोर्चुगल रहेको छ ।

प्रतिकृया

प्रतिकृया