काठमाडौं– नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको असार भित्रै मुलुक भरिका सबै स्थानीय तहबा बैंकका शाखा विस्तार गर्ने बताएपनि अझै सबै स्थानीय तहमा बैंक पुग्ने सकेका छैनन् ।

आर्थिक वर्ष सकिन करिब एक महिना मात्रै बाँकी रहँदा सम्म सबै स्थानीयमा बैंकका शाखा विस्तार हुन नसकेका हुन् ।
नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जीवि नेपालले हालसम्म ७ सय २८ वटा स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाहरुको पहुँच भएको र बाँकीमा समेत यही असार भित्रै पुग्ने बताए । राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् असार महिना भित्र सबै स्थानीय तहमा बैंक तथा वित्तीय संस्था पु¥याउनु निर्देशन दिएको थियो ।

त्यस्तै राष्ट्र बैंकले आगामी आर्थिक वर्षमा बैंक तथा लघुवित्त संस्थाहरुलाई मर्जरका लागि तयार रहन पनि सचेत गराएको छ । शुक्रबार ‘लघुवित्त संस्थाको मर्जर र आवश्यकता’ विषयमा आयोजित कार्यक्रममा बोल्दै गभर्नर नेपालले सबै लघुवित्त संस्थाहरुलाई मर्जरका लागि तयार सचेत गराएका हुन् । उनले ग्रामीण क्षेत्रको गरिबी निवारणका लागि मर्जर आवश्यक रहेको बताए । मर्जरले ग्रामीण क्षेत्रमा आर्थिक क्रियाकलाप बढाउन टेवा पुग्ने उनको भनाई थियो ।

प्रतिकृया

प्रतिकृया