काठमाडौं । प्रधानमन्त्री केपी शर्मा संसदीय परम्पराको सम्मान गर्ने नेपाली काँग्रेसले संसदमा आज असंसदीय चरित्र पेश गरेको आरोप लगाउनु भएको छ ।

आज प्रतिनिधिसभामा नेपाली काँग्रेसका सांसदहरुले बेल घेराउ गरेपछि सम्बोधन गर्न नपाएपछि असन्तुष्ट बन्नु भएका प्रधानमन्त्री ओलीले अपरान्ह विशेष पत्रकार सम्मेलन गर्दै काँग्रेसलाई लोकतान्त्रिक दल नभएकोसम्मको आरोप लाउनु भयो । उहाँले समसामयिक विषयमा जानकारी गराउने , सरकारले गरेको निर्णय बारे संसदलाई जानकारी गराउने अधिकार प्रधानमन्त्रीलाई हुने भन्दै लामो समय लोकतन्त्रका लागि लडेका शेरबहादुर देउवाको नेतृत्वमा नै बेल घेराउ गर्नु दुःखद पक्ष भएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले संसदमा पहिला प्रधानमन्त्रीले त्यसपपछि विपक्षी दलको नेताले बोल्ने चलन विश्वव्यापी भएको चर्चा गर्दै भन्नुभयो ‘काँग्रेसले लोकतन्त्रको आवरण भित्र केही समयदेखि संकीर्णवादी चरित्र देखाउदै आएको छ । ’

काँग्रेसको पछिल्ला गतिविधिप्रति असन्तुष्ट रहनु भएका प्रधानमन्त्री ओलीले काँग्रेसको रवैयाले लोकतान्त्रि अभ्यास अघि बढ्न नसक्ने बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा सरकार प्रेस स्वतन्त्रता, मौलिक अधिकार जस्ता कुरा कटिबद्ध भएको भन्दै शान्ति स्थापना, स्थिरता, स्थायित्व, तथा समृद्धिको काममा लागेको बताउनु भएको छ । केही तत्वहरु सरकारले लिएको समृद्धिको नारामा कटिबद्ध भएर लागेको देखेर आत्तिएको आरोप लगाउनु भएको छ ।

सरकारले लिएको लक्ष्य तथा देशको स्थायित्वसंगै आर्थिक समद्धि हासिल गर्न लाग्दा आत्तिएपनि सरकार यो विषयमा कटिबद्ध भएको जनाउनु भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई इंगित गर्दै विधेयक आउने वित्तिकै खाली माइघर मण्डला जाने बानी परेकाहरुले छलफलको माध्यमलाई अगाल्दा पनि राम्रै हुने भन्दै व्यग्य समेत गर्नुभयो । आवेश, उत्तेजना र भावनामा बग्ने भन्दा पनि जनताको अधिकार सुनिश्चिततामा लागि पर्न सबैलाई आग्रह समेत गर्नुभयो ।

प्रतिकृया

प्रतिकृया