काठमाडौं । सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरेको छ । चौतर्फी दबावपछि सरकारले गुठी विधेयक फिर्ता लिने निर्णय गरेको हो ।
आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरी भूमि व्यवस्थामन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिने निर्णय भएको जानकारी दिनुभएको छ ।

विधेयक खारेजीको माग गर्दै आएका गुठीयारले सनातनदेखि चल्दै आएको धर्म, संस्कृतिमाथि प्रस्तावित विधेयकले हस्तक्षेप गरेको ठहर गरेका छन् । त्यसोत, मन्त्री अर्यालले विधेयकलाई लिएर भ्रम सिजर्ना गर्ने र वातावरण बिथोल्न कोसिश भएका कारण सम्बन्धित निकायसँग थप छलफल गर्नुपर्ने बताउनुभएको छ ।

प्रतिकृया

प्रतिकृया