वासिङटन – संयुक्तराज्य अमेरिकाले मध्यपूर्वमा थप एक हजार जना सैनिक पठाउने तयारी गरेको जनाएको छ ।
इरानसँग पछिल्लो समयमा तनाव उत्पन्न भइरहेकै बेला अमेरिकाको यो निर्णय आएको अधिकारीहरुले जनाएका छन् ।
अमेरिकी कार्यबाहक रक्षामन्त्री प्याट्रिक सानाहनले सो जानकारी दिनुभएको अमेरिकी अखबारहरुले जनाएका छन् ।
कार्यबाहक रक्षामन्त्री प्याट्रिकले भन्नुभएको छ– मैले मध्यपूर्वमा प्रतिरक्षात्मक प्रयोजनका लागि थप एक हजार जना सैनिक पठाउने अनुमति दिएको छु ।
ती सैनिक हवाई र स्थल सैन्यसमेत रहेका उहाँले जानकारी गराउनुभएको छ । उहाँले यस विषयमा पहिले नै अमेरिकी प्रशासनले सहमति दिइसकेको जानकारी एक विज्ञप्तिमार्फत गराउनुभएको हो ।
उहाँले ती सैनिकहरु अमेरिकी केन्द्रीय सैन्य कमाण्ड ९सेन्टकोम०को अनुरोधमा पठाइएको जानकारी पनि दिनुभएको छ ।
यतिखेर अमेरिकाको इरानसँगको सम्बन्ध झन नराम्रो बन्दै गएको छ । यस शत्रुतापूर्ण सम्बन्धका कारण इरानीहरुले मध्यपूर्वमा अमेरिकी सैनिकलाई पनि धाकधम्की देखाउने गरेकाले थप सैन्य पठाउनु परेको उहाँले बताउनुभयो ।
कार्यबाहक रक्षामन्त्री प्याट्रिकले भन्नुभयो– हामी इरानसँग कुनै पनि किसिमको शत्रुता चाहँदैटनौँ, तर पनि हामीमाथि भएका यी विरोधी क्रियाकलापहरुको भने हामीले राम्रैसँग अनुगमन गरिरहेका छौँ ।
खाडी राष्ट्र ओमानमा हालैमात्र दुई ओटा तेल ट्यांकरमाथि आगलागी भएको थियो । ती ट्यांकरमा अज्ञात व्यक्तिहरुले हमला गरी आगो लगाएका थिए ।

प्रतिकृया

प्रतिकृया