काठमाडौं । पछिल्लो समय निर्मातामा सिक्वेल बनाउने होडबाजी नै चलेको छ । यसै क्रममा ‘लप्पन छप्पन’को दोस्रो सिक्वेल पनि बन्ने भएको छ । दुई वर्षअघि दर्शकमाझ रिलिजमा आएको ‘लप्पन छप्पन’ फिल्म ब्यवसायिक रुपमा त्यति धेरै सफल फिल्म भने होइन् । अहिले यसै फिल्मको सिक्वेल ‘लप्पन छप्पन–२’ बन्ने भएको हो ।
बुधबार काठमाडौंको कमलानदी स्थित गणेश मन्दिरमा यो फिल्मको शुभ–मुहुर्त गरिएको छ, भने रिलिज मिति पनि तोकिएको छ । यही असार ११ गतेबाट फ्लोरमा जाँदै गरेको ‘लप्पन छप्पन–२’ आगामी फागुनको ९ गतेबाट दर्शकमाझ रिलिजमा गरिने निर्माण टिमले जनाएको छ ।

फिल्मको शुभ–मुहुर्त कार्यक्रममा अभिनेता अनुपविक्रम शाही, अर्पन थापा, नम्रता श्रेष्ठ, क्यारोलिन कोलिन्डा, निर्देकश मुकुन्द भट्ट लगाएत टिमको उपस्थिति थियो ।

प्रजापति शिवाकोटी र चिजकुमार श्रेष्ठले निर्माण गर्न लागेको यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, सुविना कार्की लगाएत कलाकारहरुको पनि मुख्य भूमिका रहनेछ । फिल्मलाई नेपाल, अष्ट्रेलिया र युरोपका विभिन्न रमणीय ठाउँहरुमा छायाङकन गरिनेछ ।

प्रतिकृया

प्रतिकृया