काठमाडौं :  चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालस्थित रेडियोलोजी विभागमा रहेको  सिटी स्क्यान मेसिनबाट मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने विकिरण अत्यधिक चुहिएपछि विरामी र रेडियोलोजी विभागका कर्मचारी त्रसित भएका छन्। विकिरणले विरामी र चिकित्सकको स्वास्थ्यमा गम्भीर असर गरेको छ।

 

अस्पतालमा करिब सात महिनाअघि नयाँ सिटी स्क्यान मेसिन जडान गरिएको थियो। नयाँ सिटी राखिएको कक्षबाट विकिरण चुहुन पुग्दा कर्मचारीको स्वास्थ्यमासमेत प्रतिकूल पर्न थालेपछि त्रसित भएका हुन्। मेसिन जडान गरेर काम गर्न थालेको केही समय पछि  त्यहा कार्यरत सबै कर्मचारीको स्वास्थ्यमा एकैखालको समस्या देखिएको थियो।

 

त्यसपछि विकिरणको परीक्षण गर्दा अत्यधिक चुवावट भएको खुलेको थियो। कर्मचारी र बिरामी जोखिममा यसले कर्मचारीसहित उपचारमा पुग्ने बिरामी समेतलाई असर गरेको रेडियोलोजी विभागमा कार्यरत एक कर्मचारीले बताए। ‘सुरूमा हामीले खासै चासो देखाएनौँ। तर त्यो कक्षमा कार्यरत सबै साथीमा एकैखालको समस्या देखिन थालेपछि विकिरण परीक्षण गर्दा चुवावट भएको पाइयो।’ त्यो कक्षमा काम गर्दै आएका चारजना कर्मचारीको स्वास्थ्य परीक्षण गर्दा रगतमा प्लेट लेस कमी पाइएको छ। ती कर्मचारीहरु चिकित्सकको निगरानीमा रहेका छन्। ‘सबै साथीहरुलाई टाउको दुख्ने,  रिगटा लाग्ने जस्ता एकै खालको समस्या देखिएका थिए। चेकजाँच गर्दा सबैको रगतमा प्लेट लेस एकदम कम भएको पाइएको छ’, उनले भने।

प्रतिकृया

प्रतिकृया