एजेन्सी । आमिर खानलाई बलिउडका पर्फेक्सनिष्ट अभिनेताको रुपमा चिनिन्छ । उनी ठूलो पर्दामा फरक धारका र मनोरन्जनात्मक कहानी लिएर आउने गर्छन् । यो वर्षको आफ्नो जन्मदिनमा पनि अभिनेता खानले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । जुन हलिउड फिल्म ‘फरेष्ट गम्प’बाट प्रेरित छ ।
यो फिल्मको नाम ‘लाल सिंह चड्ढा’ राखिएको छ । फिल्मलाई निर्देशक अद्वैत चौहानले बनाउँदैछन् । फिल्मको मुख्य अभिनेतामा आमिर खान हुनेछन् । पछिल्लो केही समयदेखि यो फिल्मको लिडिङ लेडीको रुपमा करिना कपूर खान हुनसक्ने बताइएको थियो ।

तर, अहिले आएर यो फिल्ममा लिडिङ लेडीको रुपमा करिना कपुर खान फाइनल भएकी छन् । ट्रेड एनालिष्ट तरण आदर्शले ट्वीट गर्दै आमिरको ‘लाल सिंह चड्ढा’मा करिना कपुर फाइनल भएकी जानकारी दिएका छन् ।

‘लाल सिंह चड्ढा’लाई अतुल कुलकर्णीले लेखेका हुन् । यो फिल्म २०२० को क्रिसमसमा रिलिज हुनेछ । जानकारी अनुसार यो फिल्ममा गल्ली ब्वाय अभिनेता विवेक गर्ग पनि मुख्य भूमिकामा हुनेछन् । फिल्मको सुटिङ चाँडै हुने बताइएको छ ।

आमिर खान र करिना कपुरले यो भन्दा पहिल्यै ‘३ एडिएट्स’ र ‘तलास’मा सँगै काम गरिसकेका छन् । यो जोडीलाई दर्शकहरुले ‘लाल सिंह चड्ढा’ मार्फत पुनः ठूलो पर्दामा हेर्न पाउनेछन् ।

प्रतिकृया

प्रतिकृया