काठमाडौं । इन्टरनेशनल इन्डियन फिल्म एकेडेमी (आईफा) अवार्डका लागि सरकारले पैसा दिने निर्णय गरेएको भन्दै विरोध भइरहेको छ । यद्यपी सरकारले भने आफ्नो बचाउ गर्दै आएको छ । सरकारका प्रवक्ता गोकुल बास्कोटाले अवार्डका लागि एक रुपैयाँ पनि दिने निर्णय नगरिको बताए ।

नेपाली चलचित्रकर्मी, विभिन्न क्षेत्रका व्यक्ति तथा सत्तारुढ दलकै केही नेताहरुले समेत यसको विरोध गरिरहेका छन् । सरकारले भने कार्यक्रम आयोजना गर्नका लागि अनुमति दिएको भएपनि सरकारले पैसा दिने निर्णय नगरेको बोर्डका अधिकारीहरुले बताएका छन् ।

होटल, हवाइ भाडा र काठमाडौंभित्रको यातायातको खर्च व्यहोर्ने कुरा भएको बोर्डका अधिकारीहरु बताउँछन् । सरकारका प्रवक्ता बास्कोटा मन्त्रिपरिषद्ले कार्यक्रमका लागि अनुमति दिने निर्णय गरेको बाहेक रुक रुपैयाँ पनि दिने निर्णय नभएको बताए ।

मन्त्रिपरिषद् बैठकले सो अवार्डको आयोजना गर्न नेपाल पर्यटन बोर्डलाई अनुमति दिएको छ भने काठमाडौँ महानगरपालिकालार्य सहआयोजक रुपमा अनुमति दिएको छ ।

कार्यक्रममा सहभागि हुने कलाकारहरुको लागि बस्ने व्यवस्थाका मिलाउन होटल एसोसियसन नेपाल (हान) ले ८ करोड ४० लाख रूपैयाँ खर्च गर्नेछ ।

सहभागी कलाकारलाई जहाज मार्फत काठमाडौँसम्म ल्याउने जिम्मा नेपाल एयरलाइन्सलाई दिने योजना छ । जसमा नेपाल एयर लाइन्सको ४ करोड २० लाख रूपैयाँ खर्च हुनेछ ।

काठमाडौँमा उत्रिसकेपछि उनीहरूलाई होटलसम्म लैजान र ल्याउन सुविधा सम्पन्न गाडीका लागि ३ करोड ६० लाख रूपैयाँ खर्च हुनेछ ।

मुख्य आयोजक बोर्ड र सहअयोजक काठमाडौँ महानगरपालिकाले गर्ने भनिएको ४४ करोड रूपैयाँमा मञ्च निर्माण हुनेछ ।

हल्लाको पछि नलागौँ

बोर्डको सञ्चालक समितिका एक जना सदस्य दिपक महत यो कार्यक्रमले नेपालमा पर्यटक भित्र्याउन मद्धत गर्ने बताउँछन् । ‘यो अवार्ड नेपालमा हुनु राम्रो हो । यसले पर्यटन क्षेत्रमा सहयोग गर्छ’ उनले भने, ‘तर बाहिर हल्ला आएजस्तो करोडौँ रुपैयाँ दिने निर्णय भएको अहिलेसम्म भएको छैन् ।’

ठमेल पर्यटन विकास परिषद्का पूर्व अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य रामशरण थपलिया बजारको हल्लाको पछि नलाग्न आग्रह गर्छन् । उनी भन्छ्न, ‘कार्यक्रम हुनु नराम्रो होइन् तर यसको व्यवस्थान चुनौती ठूलो छ ।’

कार्यक्रमको टेलिभिजन कपिराइट, विज्ञापनदेखि टिकट संकलनको सबै रकम आइफाले नै उठाउने बोर्डका एक जना अधिकारीले बताए । बोर्डका अधिकारीहरु यो अवार्ड नेपालको गौरब र राजधानीको काठमाडौंको ब्राण्डिङम सहयोग पुग्ने बताउँछन् ।

सरकारी अधिकारीहरुले अवार्ड हुनु फाइदाजनक भएको बताएपनि यस विषयमा प्रष्ट पार्न सकेको छैन् ।

कलाकारको विरोध

अन्तरर्राष्ट्रिय स्तरको अवार्ड वितरण कार्यक्रम नेपालमा आयोजना हुँदा नेपालको पर्यटन र व्यापार व्यवसायको क्षेत्रमा यसले सहयोग पु¥याउँछ । यति हुँदा हुँदैपनि आम सर्वसाधारण देखि लिएर नेपाली कलाकर्मीहरुले यसको विरोध गरिरहेका छन् ।

सामाजिक सञ्जालमा सरकारले भारतीय अवार्ड आयोजनाका लागि पैसा दिने निर्णय गरेको भन्दै यसको विरोध भइरहेको छ ।

हाँस्य कलाकार केदार घिमिरेले व्यंग्यत्मक शैलीमा भनेका छन्, ‘यो त आफ्नो घरकी श्रीमतीलाई म्याक्सी किन्न नखोज्ने, अनि छिमेकीलाई ट्याक्सी किन्न खोजिदिएको जस्तो भयो !’

यता दिपक राज गिरीले सलमान खानलाई सुरक्षा दिन नसक्ने सरकारले पुरै बलिउडका कलाकारलाई कसरी सुरक्षा दिन सक्दा भनेर प्रश्न गरेका छन् । उनले भनेका छन्, ‘सलमान खान र कपिल शर्मालाइ त सुरक्षा दिन सकिन्न भनेर कार्यक्रम नै रद्द भो । अब त झन् पूरै बलिउड ल्याउने रे मजाक गर्नु हुन्छ पान्डेजी ।’

कलाकारहरुले नपालमा फिल्म सिटी बनाउने घोषणा गरेर पनि सरकारले एक रुपैयाँ पनि नदिने तर भारतीय फिल्म अवार्डका लागि करोडौँ रुपैयाँ खर्च गर्न लागेको भन्दै विरोध गरिरहेका छन् ।

नेकपाका नेताहरु माधव कुमार नेपाल भीम बहादुर रावलले पनि यसको विरोध गरेका छन् । नेता नेपालले मंगलबार एक सार्वजनिक कार्यक्रममा बोल्दै सरकारी खर्चमा भारतीय फिल्म अवार्ड आयोजना गर्नु लगत भएको बताएका हुन् ।

नेता नेपालले पर्यटन प्रवद्धनमा ध्यान पु¥याउनुपर्ने भएपनि देशको ढुकुटीमा विदेशीलाई रमाउन दिनु राम्रो नभएको बताए ।

आइफामा कलाकारसहित एक हजारभन्दा बढी भारतबाट मात्रै सहभागी हुने बोर्डले अनुमान गरेको छ ।

प्रतिकृया

प्रतिकृया