काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यथास्थितिमा वायुसेवा निगमलाई एक पैसा पनि दिन नसकिने स्पष्ट पार्नुभएको छ । ३७ अर्व घाटामा रहेको वायुसेवा निगमको व्यवस्थापनमाथि सरकारको विश्वास नै नरहेको बताउँदै रकम दिन नसकिने बताउनुभएको हो ।
निगमको ६१ औं वार्षिकोत्सवको अवसर पारेर हिजो काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले तत्काल वायुसेवा निगमको समग्र कामकारवाहीमा सुधार नभए सरकार त्यसका संचालनका लागि रणनीतिक साझेदार खोज्न बाध्य हुने चेतावनी समेत दिनुभयो । उहाँले निजी क्षेत्रले चलाउन सक्ने विमान किन निगमले चलाउन नसकेको भन्दै व्यवस्थापनलाई प्रश्न समेत गर्नुभएको थियो ।

प्रधानमन्त्री ओलीले वाइडबडी विमान चलाउनका लागि गन्तव्यको खोजी गर्न नसकेकोमा पनि आपत्ति जनाउनु भयो । आफूले निगमको विमान उडान भर्नका लागि युरोपियन मुलुकहरुसँग पनि कुरा गरेको उल्लेख गर्दै भएको विमानहरुलाई चुस्त राख्न पनि सचेत गराउनु भयो । आकाशमा हुनुपर्ने विमानले एयरपोर्ट मात्रै ओगटने गरेकोमा प्रधानमन्त्री ओलीको असन्तुष्टि थियो ।

प्रतिकृया

प्रतिकृया