काठमाडौँ । राष्ट्रिय सभाका सांसद रामनारायण बिडारीले देश बदनामी भएको प्रति सरकार समक्ष गुनासो पोख्नुभयो । सरकारले समृद्ध नेपाल सुखी नेपालीको सपना बो केर हिडीरहेको बेला सक्षम तथा दक्ष युवाहरु विदेशीएको प्रशंङ्गलाई कोट्याउदै राम्री राम्री युवती र वलिष्ठ युवा निर्यात गर्ने देशका रुपमा नेपाल बदनाम भएको र यसबाट मुक्त हुन सक्नुपर्ने दाबी गर्नुभयो ।

सांसद बिडारीले पछिल्लो समय देश भ्रष्टाचारको दलदलमा फसेको भन्दै ‘भ्रष्टाचार गर्ने सूत्र खतरा रहेको र सरकारले समेत एक सय रुपैयाँमा किन्ने सामाग्रीलाई अनुमानित २०० रुपैयाँबजेट विनियोजन गरेको आरोप समेत लगाउनुभयो। उहाँले भन्नुभयो, कामचाहिँ ५० रुपैयाँको गरेर डेढ सय रुपैयाँ झ्वाम पारिँदो रहेछ।’

उहाँले कानुन समेत नसक्नेहरुको लागि बलियो देखिएको प्रसङ्ग कोट्याउदैँ एउटा भर्‍याङ भाँच्चिएको किसानले सानो रुख काट्दा वन मुद्दा बोक्ने गरेको बताउँदै अर्बौँको काठ तस्करी गर्नेलाई सरकारले रोक्न नसकेको भन्दै सकारको आलोचना गर्नुभयो । पावर भएका मान्छेले पावरको आडमा जे गर्दापनि हुने र पावर नभएका मान्छे सधै दबिएर बस्नु पर्नु अवस्था छ, उहाँले भन्नुभयो । बिडारी नेकपा सांसद हुन् ।

प्रतिकृया

प्रतिकृया