काठमाडौं । सरकारले क्लिन फिड लागु गर्ने बताएपछि सेवा प्रदायकहरु त्यसको विपक्षमा उभिएका छन् । सरकारले संसदमा विज्ञापन विधेयक २०७६ दर्ता गरि क्लिन फिड लागु गर्न खोज्दा व्यवसायीहरु त्यसको विरोधम उत्रिएका हुन् ।

सरोकारवालाहरुले क्लिन फिड लागु भएपछि नेपाललाई धेरै फाइदा पुग्ने बताइरहदा यसको दिर्घकालिन असर कस्तो हुन्छ ? भन्ने विषयमा कुराहरु उठ्न थालेका छन् ।सरकारले केही वर्ष अघि यसैगरि नेपाली चलचित्रहरुले बजार नपाएको भन्दै भारतीय तथा अन्य चलचित्रहरु प्रदर्शनमा रोक लगाएको थियो । तर त्यो रोक ६ महिनाभन्दा बढी समय टिक्न सकेन् । दर्शकहरु नेपाली चलचित्र हेर्नका लागि हलसम्म पुग्न छोडे अन्ततः सरकार आफ्नो निर्णयबाट पछि हट्यो । अहिले सरकारले ल्याउन खोजेको विधेयकले यस्तै अवस्था सिर्जना हुने त होइन् भन्ने चिन्ता व्यक्त हुन थालेको छ ।

केवल व्यवसायीहरु आफ्नो सम्बेदनशिलता सरकारले नबुझेको भन्दै गुनासो गरिरहेका छन् । सरकारले क्लिन फिड लागु गरे नेपालमा प्रशारण हुने विदेशी च्यानलहरुले विज्ञापन बजाउन पाउने छैनन् ।

नेपाल केवल व्यवसायी महासंघका अध्यक्ष सुधीर पराजुली क्लिन फिड लागु भए विदेशी च्यानलहरुले नेपालमा प्रशारण अधिकार नदिने बताउँछन् ।

क्लिन फिड लागु भए अहिलेको मूल्यमा कम्तिमा पनि ४, ५ गुणा बढी मूल्य बढ्न जाने र त्यसको मारमा ग्रहक पर्ने उनको भनाई छ ।

‘अहिले नेपालका केवल टिभी व्यवसायीहरुले विदेशी च्यानल प्रसारण गरे बाफत वार्षिक रुपमा अनुमानित ५० हरोड रुपैयाँ खर्च गरिरहेका छन् । यदि क्लिन फिड लागु भए यो रकम ५ गुणसम्म बढ्न सक्छ’ उनले भने ।

उपभोक्ताले साविकको भन्दा बढी मूल्य त तिर्नुपर्छ नै यसको असर अन्य क्षेत्रमा पनि पर्न सक्ने जानकारहरु बताउँछन् ।

‘यदि क्लिन फिड अनुसार विदेशी च्यानलले नेपाली च्यानलहरुलाई प्रशारण अधिकार नदिए हरेक क्षेत्रमा यसको असर पर्छ किन भने नेपाली च्यानलहरुले विदेशी च्यानलहरुको क्वालिटी दिन सक्दैनन्’ यो क्षेत्रका एकजना जानकार भन्छन्, ‘फेरी सरकारले ल्याएको यो नियमको हालत नेपालमा केही वर्ष अघि विदेशी चलचित्र बन्द गर्छु भन्नु र ६ महिना पछि सरकार आफ्नो निर्णयबाट पछि हट्नु जस्तै हुन्छ ।’

अहिले प्रयोगमा रहेको स्याटेलाइट फ्रिक्वेन्सी पनि क्लिन फिडका लागि परिवर्तन गर्नुपर्ने र भारतीय तथा अन्य च्यानलहरुले नेपालका लागि छुट्टै सामग्री निर्माण गर्नुपर्ने हुन्छ । नेपाल सानो बजार भएकाले त्यो सम्भव नहुने सेवा प्रदायकहरुको भनाई छ ।

‘नेपाल आउने विभिन्न पर्यटकहरुले आफ्नो देशको च्यानल हेर्न चाहेमा समेत उनीहरुले आफु बसेको होटेलमा त्यो सुविधा पाउने छैनन् । किन भने क्लिन फिड लागु भएपछि विदेशी च्यानलहरुले नेपालमा प्रशारण अनुमति दिँदेनन्’ उनले भने ।

सरकारले निर्णय लिनुभन्दा पहिले दिर्घकालिन रुपमा पर्ने असरहरुको बारेमा एक पटक सोच्नुपर्ने केवल व्यवसायीहरुको तर्क छ ।

प्रतिकृया

प्रतिकृया