नयाँ दिल्ली: भारतकी पूर्व विदेशमन्त्री सुष्मा स्वराजको निधन भएको छ। ६७ वर्षीय स्वराजको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई एम्स अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको बताइएको छ।

स्वराजले मंगलबार बेलुकी ७:३८ मा मात्रै ट्वीट गर्दै प्रधानमन्त्री मोदीलाई बधाई दिँदै जीवनमा यही दिन हेर्ने प्रतीक्षामा रहेको प्रतिक्रिया दिएकी थिइन्।

उनको ट्वीट भारत सरकारले जम्मू कश्मिरलाई दिइएको विशेष दर्जा खारेज गरेको तर्फ केन्द्रित रहेको थियो।

त्यसको केही समयपछि छातीमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको बताइएको छ। केही वर्षअघि किड्नी प्रत्यारोपन गराएपछि स्वराज मन्त्रालयको काममा सहभागी हुने काम कम हुँदै गएको थियो।

यद्यपि उनले नरेन्द्र मोदीको सरकारमा रहेर विदेश मन्त्रालयमा रहेर छिमेकी राष्ट्रहरुसँग राम्रो सम्बन्ध कायम गर्न सफल रहिन्।

प्रतिकृया

प्रतिकृया