भारतीय कांग्रेसको अन्तरिम अध्यक्षमा सोनिया गान्धी चयन हुनुभएको छ । गएराति अवेरसम्म चलेको कांग्रेस कार्यसमिति बैठकले सोनियालाई अन्तरिम अध्यक्ष बनाउने निर्णय गरेको हो ।

यसअघि सोनिया र राहुलले नयाँ अध्यक्ष चयन गर्दा हुने मतदानमा आफूहरु सहभागि नहुने घोषणा गरेका थिए । सोनियाले १९९८ देखि २०१७ सम्म कांग्रेसको नेतृत्व गर्नुभएको थियो ।

त्यसपछि राहुलको हातमा आएको नेतृत्व पुनः सोनियामा फर्किएको हो । तर सोनियाले नेतृत्व लिन अस्वीकार गर्नुभएको थियो । यस्तै कंग्रेसलाई जसैगरि पनि १५ तारिख अगाडी नयाँ अध्यक्ष घोषणा गर्नु पर्ने भएकाले पनि अहिलेलाई अन्तरिम अध्यक्षको रुपमा सोनियालाई राखिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

१५ अगस्टमा अध्यक्षका हैसियतले पार्टी कार्यालयमा झण्डोत्तलोन गर्ने चलन छ । राहुल गान्धीले निर्वाचनपछि पदबाट राजीनामा दिएका थिए ।

प्रतिकृया

प्रतिकृया