काठमाडौं । विवादमा रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्कुल विभागको जिम्मा ईश्वर पोखरेल पाएका छन् ।

योसँगै ३३ वटा विभागको कार्यविभाजन गर्दै नेतृत्वको टुंगो लगाएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको सचिवालय बैठकले स्कुल विभागको जिम्मेवारी ईश्वर पोखरेललाई दिएको हो ।

यसअघि प्रचार विभागमा नारायणकाजी श्रेष्ठ, विदेश विभागमा माधव नेपाल, संगठन विभागमा वामदेव गौतम, अर्थ विभागमा सुरेन्द्र पाण्डे, पर्यटन विभाग योगेश भट्टराई, नीति अध्ययन प्रतिष्ठान विभागको नेतृत्व झलनाथ खनाललाई दिइएको नेता नारायणकाजी श्रेष्ठले बैठकपछि जानकारी दिए ।

प्रतिकृया

प्रतिकृया