भारतको ७३ औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा भारतीय राजदूतावासले विश्व विख्यात बाँसुरीबादक पण्डित हरिप्रसाद चौरसियाको सांगितीक कार्यक्रमको आयोजना गरेको छ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव तथा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीको विशेष आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

राजनीतिज्ञ, कलाकार, संगीतकार, साहित्यकार, संचारकर्मी तथा विद्यार्थी लगायत विभिन्न क्षेत्रका झण्डै ७०० भन्दा बढी व्यक्तिहरुको सो कार्यक्रमा उपस्थिति थिए । कार्यक्रममा पण्डित हरिप्रसाद चौरसियाका साथमा विवेक सोनार (बाँसुरी), देबोप्रिया रणदिवे (बाँसुरी), अमृता उप्रेती (तानपुरा) तथा शुभांकर बेनर्जी (तबला) थिए ।

पण्डित हरिप्रसाद चौरसिया सांगीतिक क्षेत्रका विश्व प्रख्यात व्यक्तित्व हुन्र उनको सांगीतिक समूहले यस सांगीतिक प्रस्तुतिलाई साँच्चै नै अविस्मरणीय रहेको दुतावासले जनाएको छ । । उनले आफ्नो कुदरती आधुनिक तथा शास्त्रीय बाँसुरी बादनद्वारा समस्त दर्शकलाई मन्त्रमुग्ध बनाए र उनको यो प्रस्तुतिलाई काठमाडौँले लामो समयसम्म सम्झी रहने दुतावासले विश्वास गरेको छ

प्रतिकृया

प्रतिकृया