काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन् । नेपाल भारतको संयुक्त आयोगको बैठकमा भाग लिन आइपुगेका विदेशमन्त्री जयशंकर भर्खरै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेका हुन् ।

जयशंकरलाई स्वागत गर्न नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी विमानस्थल पुगेका थिए।

बैठकमा सहभागी हुनुअघि नै उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गर्नेछन्। यस्तै, जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गर्ने कार्यतालिका रहेको छ।

विदेशमन्त्री भएपछि उनी पहिलोपटक नेपाल आएका हुन्।

प्रतिकृया

प्रतिकृया