काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज दिँउसो ओली र जयशंकरबीच भेटवार्ता भएको हो ।

भेटावार्ताका क्रममा नेपाल भारतको सम्बन्धका विषयमा छलफल भएको बताइएको छ । अहिले जयशंकर आयोगको बैठकमा सहभागी हुन ३ बजे दरबारमार्गस्थित याक एण्ड यति होटल गएका छन् ।

आयोगको बैठकमा उनी ६ बजेसम्म बस्ने कार्यतालिका रहेको छ । भारतीय विदेशमन्त्री जयशंकरको स्वागतमा साँझ ७ बजे परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आयोजना रात्रि भोजमा सहभागी हुनेछन् ।

त्यस्तै भोलि बिहान साढे १० बजे राष्ट्रपतिसँगको भेटवार्ताका लागि शीतल निवास पुग्नेछन् । त्यसपछि उनी अपरान्ह ३ बजेर ३५ मिनेटमा दिल्लीका लागि प्रस्थान गर्नेछन् ।

प्रतिकृया

प्रतिकृया