‘केही न केही नयाँ पर्यटकीय गतिविधि गर्ने क्रममा यो प्रतियोगिता आयोजना गरिएको छ, आगामी दिनमा पनि यस्तैखालका नयाँ गतिविधि गरी मुलुकको पर्यटनलाई स्थायित्व दिनेगरी अघि बढ्ने छौं ।’


हेड्लाईन सम्वाददाता
आश्विन ०५, काठमाण्डौ– मकालु एड्भेञ्चरले भित्र्याएको यति बाईक दौडको दोस्रो संस्करण सफलतापूर्वक सम्पन्न भएको छ । दोस्रो संस्करणको समापन र प्रतियोगितामा सहभागीहरुलाई पुरस्कार वितरण गर्दै पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको बताए ।

प्रतियोगितामा ७ जना विदेशीहरुले सहभागिता जनाएका थिए । आईतबार राति ठमेलस्थित ईको रिसोर्टमा आयोजिक एक कार्यक्रममा सहभागीहरुलाई पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले मेडलसहितको पुरस्कार प्रदान गर्दै विदेशी सहभागीहरुलाई आ–आफ्नो देशमा आसन्न नेपाल भ्रमणवर्ष २०२० को प्रचार गरिदिनसमेत आग्रह गरे ।

उनले यति बाईक दौड नेपालको पर्यटन क्षेत्रमा नयाँ अभ्यास भएकोले यसको माध्यमबाट आगामी भ्रमण वर्ष २०२० मा यसबाट थप टेवा पुग्ने विश्वास व्यक्त गरे ।

मनाङ्ग–थोरोङ्ला पास–कागबेनी–जोमसोम हुँदै मार्फासम्मको दूरीमा सञ्चालित उक्त प्रतियोगितामा कार्लोस जिमेनेज लोजानोले प्रथम स्थान हासिल गरे ।

त्यस्तै मकालु एड्भेञ्चरका प्रबन्ध निर्देशकसमेत रहेका पर्यटक व्यवसायी मोहन लम्सालले आफूहरु पर्यटन प्रवद्र्धनका निम्ति नयाँ र सृजनात्मक गतिविधि गर्दै आएको बताए ।

‘केही न केही नयाँ पर्यटकीय गतिविधि गर्ने क्रममा यो प्रतियोगिता आयोजना गरिएको छ,’ उनले भने, ‘आगामी दिनमा पनि यस्तैखालका नयाँ गतिविधि गरी मुलुकको पर्यटनलाई स्थायित्व दिनेगरी अघि बढ्ने छौं ।’

सहभागीहरुले कार्यक्रमको प्रशंसा गर्दै यसबाट आफूहरु थप उत्साहित भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया

प्रतिकृया