हेड्लाईन सम्ब्वाददाता
आश्विन १३, काठमाण्डौ- सोमबार भारतीय राजदूतावासले ५५औं भारतीय प्राविधिक तथा आर्थिक सहकार्य दिवस ( आइटेक) मनाएको छ । सङ्घीयमामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा नेपालका लागि भारतका राजदूत मञ्जीवसिंह पुरीको पनि उपस्थिति थियो ।

नेपाल सरकारका वरिष्ठ अधिकारीहरुलाई भारतका प्रमुख संस्थाहरुमा प्रशिक्षण दिन उक्त आइटेकले विगत वर्षहरुदेखि भूमिका खेल्दै आएको छ । कार्यक्रमले सीप अभिवृद्धि तथा मानव संशाधन विकासमा उल्लेख्य योगदान पु¥याएको कार्यक्रममा सहभागीहरुले बताए ।

आइटेकका करिब १ शय ५० पूर्वविद्यार्थीहरुको पनि उपस्थिति थियो । नेपाललगायत १ शय ६१
विकासशील मित्र राष्ट्रहरुसँग भारतको विकासमूलक अनुभव बाँड्न भारत सरकारको पूर्णसहयोगमा ‘आइटेक कार्यक्रम’ सञ्चालित हुँदै आएको छ ।

नेपाल सरकार अन्तर्गतका विभिन्न मन्त्रालय तथा विभागले आफ्ना कर्मचारीहरुको मानव संशाधन विकासका लागि आइटेकका विभिन्न
कोर्षहरुको उपयोग गर्दै आएको छ । तालिम कोर्षमा कम्प्युटर, इन्जिनियरिङ्ग, सूचना प्रविधि, पत्रकारिता, बैङ्किङ्ग, कानून निर्माण, ऊर्जा, रिमोट सेन्सिङ्, जनशक्ति अध्ययन, शिक्षा, महिला सशक्तिकरण, जलविज्ञान, कानून प्रर्वतन, व्यवसाय योजना तथा प्रवर्धन, लेखा र वाणिज्यजस्ता विषयहरु समावेश गरिएको छ ।

नेपाल सरकार अन्तर्गतका संस्थाहरुको आवश्यकता अनुरुप निमार्ण गरिएको विशेष
आइटेक कोर्षबाट ती संस्थाहरु लाभान्वित भएका छन् । यसैवर्ष अर्थ मन्त्रालयका ६२ कर्मचारीले नयाँदिल्लीमा आईटेकसम्बन्धी तालिम लिएका छन् । त्यसैगरी भारत सरकारले २०१९ मार्चमा भारतको फरिदावादमा नेपाल राजस्व अनुसन्धान विभागका दुई ब्याचका ५० कर्मचारीहरुलाई ‘अनुसन्धान तथा राजस्व चुहावट नियन्त्रण’सम्बन्धी विशेष आइटेक कोर्ष प्रदान गरेको छ । त्यस्तै ६० नेपाली अधिकारीहरुले ‘सम्पत्ति शुद्धिकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय
लगानी निवारण’बारे प्रशिक्षण लिइरहेका छन् । ३४ जना जलस्रोत विज्ञहरुले रुड्कीस्थित प्रतिष्ठानबार सिँचाइ तथा जल व्यवस्थापनसम्बन्धी तालिम लिएका छन् ।

प्रतिकृया

प्रतिकृया