हेड्लाईन सम्वाददाता
आश्विन १०, काठमाण्डौ- शिख धर्मगुरु नानकको ५ शय ५०औं जयन्तीको अवसरमा शुक्रबार नेपाल राष्ट्र बैङ्क र भारतीय दूतावासले संयुक्त कार्यक्रम गरेका छन् ।

सोही कार्यक्रममा नेपाल राष्ट्र बैङ्कले गुरु नाकक देवजीको प्रतिकको रुपमा तीन प्रकारका स्मारक सिक्का पनि सार्वजनिक गरेको छ । उक्त सिक्का नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चीरञ्जीवी नेपाल र नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।

रुपैयाँ १ शय, १ हजार र २५ शयका तीन प्रकारका नेपाली सिक्कालाई नेपाल राष्ट्र बैङ्कले बिक्रीका लागि खुला गरेको हो । उक्त कार्यक्रममा नेपाली र शिख समाजबीचको सम्बन्धको बारे चर्चा भएको थियो ।

सोही समारोहमा नेपालको सिख धरोहर नामक प्रकाशनको विमोचन भएको छ । उक्त पुस्तक बीपी कोइराला भारत-नेपाल फाउण्डेशन, भारतीय दूतावासले प्रकाशित गरेको हो । राजदूत पुरीले नेपालको सिख धरोहरको मुख्य पक्षबारे प्रस्तुति गरेका थिए ।

उक्त समारोहमा एस. हरप्रीत सिंह, शोरोमणि गुरुद्वारा प्रभावक समितिका अध्यक्ष एस गोविन्दसिंह लोन्गोवाल, अमृतसर, पञ्जाव, हरियाणा र हिमाञ्चलको ऐतिहासिक गुरुद्वाराका निर्वाचित व्यवस्थापकहरु उपस्थित थिए । पञ्जाव प्रदेशका केही प्रमुख शिख नेताहरूको पनि उपस्थिति रहेको थियो । त्यस्तै कार्यक्रममा लोकसभाका पूर्वउप-सभामुख चरणजीतसिंह अटवाल पनि सहभागी थिए । उक्त कार्यक्रममा नेपालका शिख समुदायका प्रतिनिधिहरू र विभिन्न क्षेत्रका नेपालीहरू पनि उपस्थित थिए ।

प्रतिकृया

प्रतिकृया