विशेषतः काभ्रेपलाञ्चोक जिल्लाको तत्कालीन महाकाँल गाविसको भुग्देवलाई आधार मानी लेखिएको उपन्यासमा ४५ प्रतिशत यथार्थ र ५५ प्रतिशत काल्पनिक घटनालाई रचनात्मक ढङ्गबाट प्रस्तुत गरिएको उपन्यास ‘काफलबोटे काजी’ बजारमा आएको छ ।


हेड्लाईन सम्वाददाता
आश्विन १३, काठमाण्डौ– पछिल्लोसमय पाठक बढ्दै जाँदा स्रष्टाहरु पनि धमाधम आफ्नो कृति प्रकाशित गरी बजारमा ल्याउने क्रम तीब्र रुपमा चल्दो छ । सोमबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा विमोचन भएको उपन्यास ‘काफलबोटे काजी’ बजारमा आएको छ ।

नवराज थापाद्वारा लेखित उपन्यास ‘काफलबोटे काजी’ मुख्यतः मौलिकता र स्थानीयतालाई समेटिएको ऐतिहासिक उपन्यास हो । कांग्रेसनेता अर्जुननरसिंह के. सी.को प्रमुख अतिथिमा सोमबार नेपाल प्रज्ञा–प्रतिष्ठानमा आयोजित कार्यक्रममा उपन्यास विमोचन भएको हो ।

करिब १ शयजनाको उपस्थितिमा विमोचित पुस्तकमाथि साहित्यकार तथा टिप्पणीकर्ताले विभिन्न कोणबाट टिप्पणीसमेत गरेका थिए । विशेषतः काभ्रेपलाञ्चोक जिल्लाको तत्कालीन महाकाँल गाविसको भुग्देवलाई आधार मानी लेखिएको उपन्यासमा ४५ प्रतिशत यथार्थ र ५५ प्रतिशत काल्पनिक घटनालाई रचनात्मक ढङ्गबाट प्रस्तुत गरिएको लेखक नवराज थापाले बताए ।

‘यसमा लगभग आधा सत्य घटना र आधा काल्पनिक घटना दुबैलाई रचनात्मक ढङ्गबाट लेखेको छु,’ उनले भने ।

लेखक राष्ट्रिय अनुसन्धान विभागका पूर्वअनुसन्धान निर्देशकसमेत हुन् । उनी सेवानिवृत्त भएपछि सामाजिक तथा साहित्यिक क्षेत्रमा सक्रिय छन् । यसअघि पनि थापाको एक कृति प्रकाशित भईसकेको छ ।

कार्यक्रममा प्रमुख अतिथि अर्जुननरसिंह के. सी.ले लेखक थापालाई पूर्वप्रहरीको रुपमा मात्रै चिनिएकोमा साहित्यिक क्षेत्रमा समेत थापाले कलम चलाउने थाहा पाउँदा आफू अचम्मित र उत्साहित दुबै भएको बताए ।

‘उहाँलाई मैले पूर्वप्रहरीको रुपमा मात्रै चिनेको थिएँ, उहाँ साहित्यिक क्षेत्रमा पनि कलम चलाउनु हुँदो रहेछ,’ उनले भने, ‘उहाँको साहित्यिक सङ्लग्नताले म अचम्मित र उत्साही दुबै भएको छु ।’

त्यस्तै साझा पार्टीका काठमाण्डौ महानगरपालिकाका मेयरका उम्मेदवार किशोर थापाले पुस्तकले मौतिलका समाएको र बाल्यकालीन तथा तत्कालीन घटनाको यथार्थ चित्रण गरेको टिप्पणी गरे ।

कार्यक्रममा साहित्यिक क्षेत्रका अगुवा, काभ्रे समाजका पदाधिकारी, वरिष्ठ पत्रकार तथा विभिन्न क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुको उपस्थिति रहेको थियो ।

प्रतिकृया

प्रतिकृया