हेड्लाईन सम्वाददाता
आश्विन १४, काठमाण्डौ– बलात्कार प्रकरणमा मुछिएका सङ्घीय संसदको प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले राजीनामा दिएसँगै प्रहरीले अनुसन्धान शुरु गरेको छ ।

सभामुख महरामाथि संसद सचिवालयमा काजमा कार्यरत एक स्वास्थ्यकर्मी महिलाले जबर्जस्ती करणीको आरोप लगाएपछि मङ्गलबार सभामुखले राजीनामा दिएका थिए । स्वास्थ्य सेवामा दरबन्दी भई सचिवालयमा काजमा रहेकी ती कर्मचारीले आईतबार राति आफ्नै कोठामा आएर सभामुखले मदिराको तालमा जबर्जस्ती गरेको आरोप लगाएकी थिईन् ।

आईतबार नै महिलाको मौखिक जानकारीपछि महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरको टोलीले कोठामा पुगेर तस्वीर तथा प्रारम्भिक जानकारी लिएको भएपनि प्रहरीसमक्ष लिखित उजुरी भने नआएको प्रहरीले बताएको छ । मङ्गलबार सभामुख कृष्णबहादुर महराको राजीनामा आएसँगै प्रहरीले महिलाको कोठामा पुगेर अनुसन्धान शुरु गरेको हो ।

प्रहरीले महिलाको कोठामा पुगेर रक्सीको बोतल, सभामुखको भनिएको चस्मालगायतको सबुत प्रमाण हुनसक्ने सामाग्रीहरु सङ्कलन गरेको छ । अहिलेसम्म महिलाको उजुरी नआएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिकृया

प्रतिकृया