आसन्न उपनिर्वाचनका लागि राजनीतिक वृत्त एकाएक तातेको छ  । उम्मेदवारको मनाोनयनदेखि लिएर चुनावीसभा र र्यालीले कास्की यतिबेला तातेको छ । दलहरु आजदेखि औपचारीक रुपमै चुनावी माहौलमा होमीएका छन् । बिहीबार मनोनयन दर्तासँगै घरदैलो र सभाहरु सुरु हुन थालेका छन् ।

मंसिर १४ गते कास्की क्षेत्र नं २ मा हुने उपनिर्वाचनकालागि नेपाल कम्युनिष्ट पार्टीले पनि विद्या भट्टराइको नाम निर्वाचन आयोगमा दर्ता गर्यो । मनोनयन दर्ता पश्चात् पार्टी कार्यालय नयाँबजारबाट सुरु भएको र्याली पृथ्वी चोक, सृचना चोक हुँदै रत्न चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

प्रतिकृया

प्रतिकृया