भारतको जारी गरेको राजनीतिक नक्सामा नेपाली भूभाग परेको नेपालको दाबीलाई भारतले अस्वीकार गरेको छ । नयाँनक्सामा नेपालसँगको सीमा परिमार्जन नगरेको भारतको बताएको छ ।

भारतीय विदेश मन्त्रालयमा नियमित पत्रकार सम्मेलनमा भारतको नयाँनक्सालाई लिएर नेपालमा व्यापक विरोध भएपछि भारतले आफ्नो धारणा राखेको हो ।

जवाफमा प्रवक्ता रविशकुमारले भने, ‘हाम्रो नक्सामा भारतको सम्प्रभू क्षेत्रलाई देखाइएको छ । र, नक्सामा सीमा हेरफेर गरिएको छैन ।’

तर नेपालसँगको सीमा विवादबारे दुई देशको संयन्त्रमार्फत समाधान गर्न सकिने उनले बताए । उनले सीमा विवादको विषय दुई देशबीचको सम्वन्ध विगार्ने ‘भेस्टेड इन्ट्रेस्ट’ हुन सक्नेतर्फ सचेत गराए ।

भारतले हालै जारी गरेको राजनीतिक नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई भारतीय भूभागका रुपमा देखाइएको छ । यसलाई लिएर चर्को विरोध भएपछि सरकारले विज्ञप्ति जारी गर्दै भारतले एकपक्षीय रुपमा जारी गरेको नक्सा स्वीकार्य नभएको बताएको थियो ।

प्रतिकृया

प्रतिकृया