३ जेठ,काठमाडौ । ओलिभर जिरउडको ह्याट्रिकको मद्दतमा आर्सनलले ११ वर्षपछि पहिलो पटक दोस्रो स्थानमा रहेर प्रिमियर लिग टुंग्याएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले रेलिगेशनमा परेको एस्टन भिल्लालाई ४–० ले हरायो ।

एस्टन भिल्लालाई हराउनु र टोटनह्याम न्युक्यासलसँग पराजित हुनु आर्सनलका लागि फाइदाजनक बन्यो । पाँचौं मिनेटमा नै गोल गर्दै जिरउडले आर्सनललाई सुरुवाती अग्रता दिलाए । पहिलो हाफमा १–० ले अघि रहेको आर्सनलका जिरउडले ७८ र ८० औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गर्दै अग्रता ३–० मा पुर्‍याए । इन्जुरी समयमा एस्टन भिल्लाका मार्क बुनले आत्मघाती गोल गरेपछि आर्सनल ४–० ले विजयी भयो ।

उपविजेता बनेको आर्सनल च्याम्पियन लिसेस्टर सिटी भन्दा १० अंकले पछि पर्‍यो भने तेस्रो स्थानमा झरेको टोटनह्याम भन्दा एक अंकले अघि रह्यो । लिसेस्टरको ८१ तथा आर्सनलको ७१ अंक भएको छ ।

प्रतिकृया

प्रतिकृया