६ जेठ, काठमाडौँ । प्रचण्डलाई अध्यक्ष बनाउदै माओवादीको एकता महाधिवेशन सम्पन्न भएको छ । काठमाडौँको बबरहल स्थित कार्की पार्टी प्यालेसमा बिहिबार गरिएको एकता महाधिवेशनले अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्डलाई चयन गरेको छ । एकता अधिवेशनले पार्टीको नाम ‘नेकपा माओवादी केन्द्र’ राखेको छ ।

एकता महाधिवेशन सकिएलगत्तै माओवादी नेताहरुले पार्टी घोषणाको तयारी गरेका छन् ।माओवादी केन्द्रको केन्द्रीय समितिमा ६९९ केन्द्रीय सदस्य रहने छन् । अन्य पदाधिकारीको टुंगो भने केन्द्रीय समितिको बैठकले लगाउने बन मन्त्री अग्नी सापकोटाका स्वक्रिय सचिव चिरञ्जिबी पौडेलले हेडलाइन नेपाललाई बताए ।

पार्टी घोषणा कार्यक्रममा पार्टी विभाजनपछि निष्कृय रहेकी जनयुद्धकी चर्चित नेतृ जयपुरी घर्ती समेत सहभागी छन् । त्यसैगरी नेकपा क्रान्तिकारी माओवादीबाट रामबहादुर थापा ‘बादल’ समूह, मातृका यदव नेतृत्वको नेकपा (माओवादी), मणि थापा नेतृत्वको नेकपा क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको माओवादीबाट विद्रोह गरेर आएका तिलक परियार नेतृत्वको समूह सहभागी छन् ।

प्रतिकृया

प्रतिकृया