७ जेठ, काठमाडौं । जनयुद्धका सहिद तथा वेपत्ता परिवारलाई तामाकोशी जलविद्यतु आयोजनामा ५ लाख बराबरको सेयर दिने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले दाबी गरेका हुन ।

बेपत्ता स्मृती दिवसको अवसरमा शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमा बोल्दै दाहालले जनयुद्धका सहिद तथा बेपत्ता परिवारका सदस्यलाई सेयर उपलब्ध गराउने दाबी गरेका हुन ।

कार्यक्रममा दाहालले भने ‘मेरो पहिलो क्याविनेटबाट १० लाख दिने निर्णय भएको थियो । अहिले त्यसलाई बजेटमा पुरा गराउँछौं ।’ दाहालका अनुसार आगमाी जेठ १५ गते आउने बजेटले यो विषयलाई सम्बोधन गर्ने छ । द्वन्द्वकालका घाइते तथा अपाङ्गको भत्ता बढाइने समेते दाहालको दाबी छ ।

प्रतिकृया

प्रतिकृया