१३ जेठ, काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगको १७औँ स्थापना दिवसका अवसरमा बिहीबार आयोजित चियापान कार्यक्रमा बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मानव अधिकारको रक्षा र संरक्षण गर्न प्रतिबद्ध भएको बताएका छन् ।

प्रधानमन्त्री ओलीले मानव अधिकारको अवस्था अझ सुदृढ बनाउँदै लैजानु पर्ने बताए । उनले भने, ’ मानव अधिकारको अवस्था अझ सुदृढ बनाउनुपर्छ, मानव अधिकारको रक्षाका लागि सरकार सदा समर्पित रहनेछ ।’
देशमा भएको राजनीतिक अस्थिरताका कारण बेलाबेलामा मानव अधिकार हनन हुने गरेको बताउदै राजनीतिक दलबीचको समस्याको चाँडै समाधान खोज्ने बताए ।

प्रतिकृया

प्रतिकृया