१४ जेठ, काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री ओलीको हाबादारी योजनामा बजेटको दुरुपयोग हुन सक्ने भन्दै त्यसको प्रतिवाद गर्ने चेतावनी दिएका छन ।

शुक्रबार नेपाल प्रेस युनियन २५ औँ स्थापना दिवसका अवसरमा राजधानीमा आयोजित कार्यक्रममा बोल्दै देउवाले देशमा सजिलोसँग यातायात समेत नचलिरहेको बेला रेल कुदाउँछु भन्नु, बिजुली बेच्छु भन्नु हावादारी गफ भन्दै बजेटमा झुठा आश्वासन दिई बजेट दुरुपयोग गर्ने सम्भावना बढेकोले कांग्रेस कडा रुपमा प्रतिवादमा उत्रने बताए ।

सभापति देउवाले पत्याउन र गर्न नसकिने काम गर्छु भन्दै हिँड्नेलाई जनताको कर र विदेशी दातृ निकायले दिएको सहयोग दुरुपयोग नगर्न भन्दै सरकारलाई चेतावनी दिएका हुन् ।

प्रतिकृया

प्रतिकृया